२७०९ पुग्यो नेप्से, १ अर्बले बढ्यो कारोबार रकम

काठमाडौं । शेयर बजार मंगलबार पनि बढेको छ । सोमबार बढेको शेयर बजारले निरन्तरता पाउदाँ मंगलबार पनि शेयर बजारका शतप्रतिशत सुचकहरु बढेका हुन् ।

मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से ३३.४१ अंकले बढेर २७१६.६६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४.५० अंकले बढेर ४७७.५७ विन्दुमा पुगेर बन्द भएको छ ।

मंगलबार ३१२ वटा कम्पनीको १ करोड ४२ लाख ९२ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार पुग्यो । जुन सोमबारको तुलनामा १ अर्ब १० करोड ४० लाख ८९ हजारले बढी हो । सोमबार ३०९ वटा कम्पनीको १ करोड २२ लाख ६३ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार पुगेको थियो ।

मंगलबार बजार पुँजीकरण रकम ४३ खर्ब २५ अर्ब ७४ करोड ६७ लाख रहेको छ, जुन सोमबारको भन्दा बढी हो । सोमबार बजार पुँजीकरण रकम ४२ खर्ब ७२ अर्ब ५३ करोड ५३ लाख रहेको थियो ।

मंगलबार २१० वटा कम्पनीको शेयर मूल्य बढ्दा ३३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
सोमबार शतप्रतिशतले समूह परिसूचकहरु बढेका छन् । बैंकिङ १८, विकास बैंक २८, वित्त ५५, होटल र पर्यटन ४४, जलविद्युत ६९, लगानी १.२०, जीवन बीमा १३३, उत्पादन र प्रशोधन ७३, लघुवित्त ४३, म्युअुचल फण्ड ०.०५, निर्जीवन बीमा १०६, व्यपार ४५ र अन्य समूह ३४ अंकले बढेको छ ।
मंगलबार सर्वाधिक कारोबार हुनेमा नेपाल फाइनान्स, ङदी ग्रुप, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड कर्णाली विकास बैंक र जानकी फाइनान्स रह्यो । नेपाल फाइनान्सको ४५ करोड ७८ लाख, ङदी ग्रुपको ३३ करोड ६ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २८ करोड ८३ लाख ,कर्णाली विकास बैंकको २५ करोड ६७ लाख र जानकी फाइनान्सको २२ करोड ४ लाख बराबर करोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार