काठमाडौं । बुधबार सुनको मुल्य ९०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले बुधबारको लागि छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँ तोकेको छ ।
मंगलबार छापावाला सुन प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ । महासंघका अनुसार बुधबारका लागि चाँदी प्रतितोला १ हजार ८३० रुपैयाँ तोकिएको छ ।
महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।