एनआरएन इन्फ्रास्टक्चरले प्रस्ताव गर्यो लाभांश ,शतप्रतिशत हकप्रद पनि निष्कासन गर्ने

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को लाभांश प्रस्ताव गरेको छ ।

मंसिर ११ गते बसेको कम्पनीले सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । ५ प्रतिशत हकप्रद शेयरपछि कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पनि कम्पनीले गरेको छ । यी विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस १२ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ ।

आम्रपाली ब्याङ्क्वेट, काठमाडौंमा बिहान ९ बजे सभा गर्ने तयारी कम्पनीले गरेको हो । सभाले उल्लेखित प्रस्तावसँगै गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

त्यस्तै एक जना महिला सदस्य सहित कुल ६ जना सञ्चालक निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २१ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर २० गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार