एक लाखभन्दा बढी तलबसहित, नेपाल शेयर मार्केट्स एण्ड फाइनान्सको व्यवस्थापन र सञ्चालन गर्ने व्यक्ति खोज्दै राष्ट्र बैंक

काठमाडौं । समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन र सञ्चालन सुधारका लागि नेपाल राष्ट्र बैंकले दुईजना व्यवस्थापन सदस्य पदका लागि आवेदन आह्वान गरेको छ। केन्द्रीय बैंकले बुधबार सूचना जारी गर्दै संस्थाको व्यवस्थापन र सुधारका दुईजना व्यवस्थापन सदस्य पदका लागि आवेदन आह्वान गरेको हो ।

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार, इच्छुक व्यक्तिले व्यवस्थापन, बैंकिङ, वित्तीय, लेखा, व्यापार प्रशासन जस्ता सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुका साथै कम्तीमा १० वर्षको अनुभव अनिवार्य हुनुपर्ने जनाएको छ। यस्तै, व्यवस्थापनसम्बन्धी ५ वर्षको अनुभव भएका तथा चार्टर्ड एकाउन्टेन्ट (सीए) उत्तीर्ण उम्मेदवारलाई प्राथमिकता दिइनेछ ।

सम्बन्धित पदमा नियुक्ति पाउने उम्मेदवारको कार्यकाल प्रारम्भमा एक वर्षको हुने जनाइएको छ । आवश्यकता अनुसार ६/६ महिनाका लागि अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ ।

पदाधिकारीलाई मासिक तलब १ लाख ३ हजार ६०० रुपैयाँ तोकिएको छ । अन्य सेवा सुविधा कार्यालयको नियमावली अनुसार प्रदान गरिने सूचनामा उल्लेख छ।

आवेदन दिन इच्छुक व्यक्तिले आवश्यक कागजातसहित २०८१ पुस २ गतेभित्र छानोट समितिको सचिवालय, नेपाल राष्ट्र बैंक, बालुवाटार, काठमाडौंमा आवेदन दिनुपर्नेछ । आवेदकको छनोट प्रक्रिया अन्तर्गत प्रारम्भिक आवेदनको अध्ययनपछि प्रस्तुतिकरण र अन्तर्वार्ता हुनेछ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार