शेयर बजारका सबै सुचक बढ्यो, कारोबार रकम पनि पौन २ अर्बले बढ्यो

काठमाडौं । पछिल्ला दिनमा शेयर बजार लगातार बढेको छ । तीन दिनसम्म बढेको शेयर बजार बुधबारसम्म आइपुग्दा शेयर बजारका शतप्रतिशत सूचकहरु बढेका छन् ।

बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से ३८.८१ अंकले बढेर २७५५.४७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ३.३३ अंकले बढेर ४८०.९० विन्दुमा पुगेर बन्द भएको छ ।

बुधबार ३१६ वटा कम्पनीको १ करोड ७१ लाख ८३ हजार कित्ता शेयर कारोबार हुदाँ ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार करोबार रकम पुग्यो ।जुन मंगलबारको तुलनामा १ अर्ब ८६ करोड ३० लाख ३६ हजारले कारोबार रकम बढी हो । मंगलबार ३१२ वटा कम्पनीको १ करोड ४२ लाख ९२ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार पुगेको थियो ।

बुधबार बजार पुँजीकरण रकम ४५ खर्ब ७० अर्ब १३ करोड ६३ लाख रह्यो । जुन मंगलबारको तुलनामा करिब २ खर्बले बढी हो । मंगलबार बजार पुँजीकरण रकम ४३ खर्ब २५ अर्ब ७४ करोड ६७ लाख रहेको थियो ।

बुधबार १९९ वटा कम्पनीको शेयर मूल्य बढ्दा ४० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
सोमबार १२ वटा समूह परिसूचक बढ्दा १ वटा समूह परिसूचक घटेको छ । बैंकिङ ५, विकास बैंक १७९, होटल र पर्यटन ९३, जलविद्युत ५२, लगानी ०.७६, जीवन बीमा ३७०, उत्पादन र प्रशोधन ४४, लघुवित्त ४७, म्युअुचल फण्ड ०.०२, निर्जीवन बीमा १५६, व्यापार ३२८ र अन्य समूह १२ अंकले बढेको छ । वित्त भने १८ अंकले घटेको छ ।

बुधबार सर्वाधिक कारोबार हुनेमा जानकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड , पिपुल्स हाइड्रोपावर कम्पनी, नेपाल फाइनान्स र सप्तकोशी विकास बैंक रह्यो । जानकी फाइनान्सको ३४ करोड १ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३३ करोड १६ लाख , पिपुल्स हाइड्रोपावर कम्पनीको २४ करोड ७२ लाख, नेपाल फाइनान्सको २४ करोड १७ लाख र सप्तकोशी विकास बैंकको २२ करोड ८४ लाख बराबर करोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार