घाटाबाट १ करोड २८ लाख नाफामा शिवम् सिमेन्ट

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा शिवम् सिमेन्टले करिब १ करोड २७ लाख ९९ हजार खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा कम्पनी ५ करोड ३४ लाख २० हजार रुपैयाँ खुद घाटामा थियो ।

कर्जा रकम घट्दा कम्पनी नाफामा गएको हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीको कर्जा ९६ करोड ९५ लाख ४३ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा यस्तो कर्जा ६३ लाख १३ हजार रुपैयाँ छ । ब्याज खर्च घट्दाको प्रभाव कम्पनीको खुद नाफामा झल्किएको हो ।

समीक्षा अवधिमा कम्पनीले सिमेन्ट बिक्रीबाट १ अर्ब ४० करोड ६३ लाख ८० हजार रुपैयाँ आर्जन गरेको थियो । कम्पनीको बिक्री खर्च १ अर्ब ३० करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिमा बिक्री खर्च १ अर्ब ४५ करोड रुपैयाँ थियो। कम्पनीको बिक्री खर्च घटेको छ।

चुक्तापुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ३ अर्ब ५३ करोड १८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा ३ अर्ब ५७ करोड ५० लाख रुपैयाँ थियो। रिजर्भको आकार घटेको छ।

पहिलो त्रैमासमा कम्पनीको प्रति शेयर आम्दानी १.०२ रुपैयाँ र प्रति शेयर नेटवर्थ १८९.२८ रुपैयाँ छ ।

कम्पनीको प्रति शेयर कूल सम्पत्तिको मूल्य २३३.६० र तरलता अनुपात १.६५ छ ।

विकास निर्माणका काममा आएको सिथिलताका कारण मागको तुलनामा सिमेन्टको उत्पादन अत्याधिक रहेकाले कम्पनीले अपेक्षा गरे अनुरुपको नाफा बढ्न सकेको छैन । बजारको सुधार भएसँगै कम्पनीको अवस्था पनि सुधार हुने कम्पनीले विश्वास लिएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार