सुन र चाँदीको मूल्य घट्यो

काठमाडौं । सुनको मूल्य घटेको छ । आज सुन प्रति तोला ३०० सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रति तोला १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी प्रतितोला ३० रुपैयाँले घटेको छ । महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य १ हजार ८३० रुपैयाँ थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार