लेखामान बोर्डको अध्यक्षमा ढुंगेल र लेखापरीक्षणमान बोर्डको अध्यक्षमा निरौला नियुक्त

काठमाडौं । नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुंगेल र नेपाल लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौला नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई नियुक्त गरेको हो ।

अर्थ मन्त्रालयमा आज (बिहीबार) आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्षहरूलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बधाई तथा सफलताको शुभकामना दिए । सो अवसरमा नवनियुक्त अध्यक्षहरूले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने बताएका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार