सुन १ हजार ६०० ले बढ्यो

Garima_Business-Loan3

काठमाडौं । सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको आज छापावाला सुनको मूल्य तोलाको १ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको छ । बिहीबार दिन सुनको मूल्य तोलाका १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सरकारले सुनको भन्सार दर घटाएपछि घट्न थालेको सुनको मूल्य फेरि बढ्न थालेको हो ।

चाँदीको मूल्य ४५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार