CLI

पुँजीबजारलाई स्वच्छ, पारदर्शी तथा समय सापेक्ष बनाइने: नवनियुक्त सेबोन अध्यक्ष

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले समग्र पुँजीबजारलाई स्वच्छ, पारदर्शी तथा समय सापेक्ष आधुनिक प्रविधिमैत्री बनाई नियमन तथा सुपरिवेक्षण कार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल मर्चेन्ट बैंकर्स संघको कार्यसमिति पदाधिकारीहरुको भेटघाटमा अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । संघका कार्यसमितिका पदाधिकारीहरुले मंसिर १३ अध्यक्ष श्रेष्ठसँग भेटघाट गरेका हुन् ।

ललितपुर खुमलटार स्थित नेपाल धितोपत्र बोर्डको कार्यालयमा आयोजना गरिएको उक्त भेटघाट कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझी, निवर्तमान अध्यक्ष विजय लाल श्रेष्ठ, उपाध्यक्ष मनिष नारायण जोशी, महासचिव निर्मल भट्टराई, कोषाध्यक्ष शिभान्त राज पाण्डे, सदस्यहरु सन्दिप कार्की एवं पुष्प शर्माको उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझी लगायतका कार्य समिति सदस्यहरुले समग्र पुँजी बजार लाई स्वच्छ, पारदर्शी, भरपर्दो र विश्वासिलो बनाउन, लगानी कर्ताको हक हित संरक्षण गर्न तथा समग्र धितोपत्र बजारलाई समयसापेक्ष विकास र विस्तार गर्न आधुनिक प्रविधि मैत्री बनाई नियमन तथा सुपरिवेक्षण कार्यलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

Leave Your Comment

Related News