एनआरएन इन्फ्रास्टक्चरले पुस १२ गते बोलायो साधारण सभा

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले पुस १२ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आम्रपाली व्यान्क्वेट, काठमाडौंमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङग्याउनेछ । प्रस्तावित लाभांशसँगै हकप्रद शेयर निष्कासनको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

५ प्रतिशत हकप्रद शेयरपछि कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पनि कम्पनीले गरेको छ । साथै एक जना महिला सदस्य सहित कुल ६ जना सञ्चालक निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २१ गते बुक क्लोज गर्ने भएको छ ।

बुक क्लोजको आधारमा मंसिर २० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार