साताको शेयर : कारोबार रकम घट्यो, बजार पूँजीकरण रकम बढ्यो

काठमाडौं । साताभर खुलेको शेयर बजारमा यो साता नेप्से परिसूचक बढ्दा कारोबार रकम घटेको छ । गत साताको तुलनामा यो साता कारोबार रकम ३५ करोड ७७ लाख रुपैयाँले घटेको छ । यो साता साताभर खुलेको शेयर बजारमा कारोबार रकम ३९ अर्ब ३८ करोड २८ लाख रुपैयाँ रहेको छ । अघिल्लो साता कारोबार रकम ३९ अर्ब ७४ करोड ५ लाख रुपैयाँ रहेको थियो ।

अघिल्लो साताको तुलनामा यो साता नेप्से परिसूचक, सेनसेटिभ इन्डेक्स बढेको छ भने बजार पूँजीकरण रकम समेत बढेको छ । अघिल्लो साताको तुलनामा यो साता बजार पूँजीकरण रकम २ खर्ब ८८ अर्ब ११ करोड रुपैयाँले बढेको हो । यो साता ४५ खर्ब ५६ अर्ब ३५ करोड रुपैयाँ बजार पुँजीकरण रकम हुदाँ । गत साता भने बजार पुँजीकरण रकम ४२ खर्ब ६८ अर्ब २४ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै समूह सूचकहरु भने गत साताको तुलनामा एक बाहेक यो साता सम्पूर्ण समूह सूचक बढेको छ । अघिल्लो साताको तुलनामा यो साता बैकिङ ३, विकास बैंक २४२, वित्त ६९ , होटल र पर्यटन १३७, जलविद्युत ७३ अंकले बढेको छ । त्यस्तै समिक्षा अवधिमा लगानी २, जीबन बीमा ५२३, उत्पादन र प्रशोधन ८७, लघुवित्त २२, निर्जीवन बीमा ३३१, व्यापार ७३२ र अन्य समूह ३५ अंकले बढेको हो । तुलनात्मक रुपमा यो साता म्युअुचल फण्ड ०.२३ अंकले घटेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार