१० अर्बले घटाए बैंक तथा वित्तीय संस्थाले विपन्न वर्ग कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले वितरण गर्ने विपन्न वर्ग कर्जामा कमी आएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह खुम्चिन पुग्दा विपन्न वर्ग कर्जा वितरण समेत प्रभावित बन्न पुगेको जानकारहरु बताउछन् । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असोजसम्म बैंक तथा वित्तीय संस्थाहरुले विपन्न कर्जास्वरुप ३ खर्ब १२ अर्ब ३५ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १० अर्ब ३ करोड रुपैयाँले कमी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले विपन्न कर्जास्वरुप ३ खर्ब ं२२ अर्ब ३९ करोड रुपैयाँ वितरण गरेको थियो ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले विपन्न वर्ग कर्जा वितरण घटाउदा समग्रमा कर्जा रकममा कमी आएको हो । चालु आर्थिक वर्षको असोजसम्म वाणिज्य बैंकले विपन्न कर्जास्वरुप २ खर्ब ६७ अर्ब ९० करोडरुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिमा भन्दा ५३ करोड ३० लाख रुपैयाँले कमी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकले विपन्न कर्जास्वरुप २ खर्ब ७३ अर्ब २३ करोड रुपैयाँ वितरण गरेको थियो ।

चालु आर्थिक वर्षको असोजसम्म विकास बैंकले विपन्न कर्जास्वरुपरुपैयाँ ३८ अर्ब ३० करोड ८० रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ४ अर्ब १३ करोड रुपैयाँले कमी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकले विपन्न कर्जास्वरुप४२ अर्ब ४४ करोड ३० लाख वितरण गरेको थियो ।

चालु आर्थिक वर्षको असोजसम्म वित्त कम्पनीहरुले विपन्न कर्जास्वरुप ६ अर्ब १३ करोड ७० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा ५ अर्ब ७१ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुले विपन्न कर्जास्वरुप ६ अर्ब ७० करोड ८० लाख रुपैयाँ वितरण गरेको थियो । सरकारले पिछडिएका तथा आर्थिक रुपमा विपन्न वर्गका नेपालीहरुलाई आय आर्जन गरी आफ्नो जीविकोपार्जन सहज बनाउनका लागि सहुलियतपूर्ण कर्जा सुविधा दिइएको पाइन्छ । यो सुविधा लिनका लागि बैंकले ग्राहकका लागि सिधै वा कुनै मध्यस्त संस्थाहरुको माध्यमबाट प्रदान गर्ने गरेको बैंकरहरु बताउछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार