बैंकिङ प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ उठाउने भएको छ । अधिक तरलता भएसँगै राष्ट्र बैंकले २१ दिन अवधिका लागि मंसिर १६ गते ५० अर्ब रुपैयाँ उठाउन लागेको हो ।

बैंकहरुले पुस ७ गते ५० अर्ब रुपैयाँको साँवा तथा ब्याज फिर्ता पाउनेछन् । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ ।

बैंकहरुले त्यसरी राखेको निक्षेपको ब्याजदर भने बोल कबोलका माध्यमबाट निर्धारण हुनेछ । अर्थात् सबैभन्दा थोरै ब्याजदर कबोल गर्ने बैंक तथा वित्तीय संस्थाको निक्षेप राष्ट्र बैंकले स्वीकार गर्ने राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक गतिविधिमा सुधार आउने र कर्जा प्रवाह बढ्ने आकँलन गरिरहेको बेला तरलता प्रवाह बढ्दै गएको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार