१० अंकले घट्यो नेप्से, पौने ९ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.९९ अंकले घटेको छ । आज नेप्से परिसुचक २७३८.०६ विन्दुमा रोकिएको छ । आइतबार ३१४ कम्पनीका शेयर ८२ हजार ६०२ पटक कारोबार भएको छ । ८ अर्ब ८३ करोड २२ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड ६७ लाख ६७ हजार १६८ कित्ता शेयर कारोबार भएको छ ।

आज विकास बैंक, होटल एण्ड टुरिजम र ट्रेडिङ उपसमूह बढेका छन् भने बाँकी उपसमूह घटेका छन् ।

विशाल बजार कम्पनी, कर्पोरेट डेभलमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

जानकी फाइनान्सको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार