काठमाडौं । भन्सार विभागले भन्सार चुहावटबारे सूचना दिन आह्वान गरेको छ ।
भन्सार प्रशासनमा हुने जोखिम तथा राजस्व चुहावटका विषयमा कुनै जानकारी वा सूचना भएमा विभागको इन्टिलिजेन्ट युनिटमा टिपाउन विभागले आग्रह गरेको हो । विभागले सूचना गोप्य राखिने समेत बताएको छ ।
इन्टिलिजेन्स एट कस्टम डट जीओभी डट एनपीमा यस्ता सूचना टिपाउन सकिने समेत विभागले जनाएको छ ।