बाढी पहिरो क्षति पश्चयात बीमा भुक्तानी न्यून, दाबी १२ अर्ब भुक्तानी ७८ करोड

Garima_Business-Loan3

काठमाडौं । असोज ११ र १२ गते अविरल वर्षा सँग आएको बाढी पहिरोको कारण पुगेको क्षतिवापत्को बीमा दाबी रकम १२ अर्ब बढी रहेको छ । बाढी पहिरोको कारण अर्बौं रकमको क्षति हुदाँ बीमा दाबी गरे पनि निर्जीवन बीमा कम्पनीहरुले भने न्यून मात्र भुक्तानी गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार बाढी पहिरोको कारण पुगेको क्षतिवापत् बीमकहरुले १२ अर्ब २६ करोड ४ लाख ६२ हजार बीमा रकम दाबी गरेका छन् । उक्त रकम ३ हजार ५२९ जना बीमकले दाबी गरेका हुन् ।

प्राधिकरणका अनुसार दाबी परे पछि ७८ करोड ९३ लाख भुक्तानी गरिएको छ । १ हजार २१५ जना बीमकलाई विभिन्न बीमा कम्पनीहरुले उक्त रकम भुक्तानी गरेको हो । १४ वटा बीमा कम्पनीहरुले उक्त रकम भुक्तानी गरेका हुन् । भने तीन वटा लघुबिमा कम्पनीहरुले पनि बीमा रकम भुक्तानी गरेका छन् ।

बीमकहरुले सम्पत्ति बीमावापत् ९ अर्ब १ करोड, इन्जिनियरिङ तथा ठेकदार जोखिमवापत् २ अर्ब ५८ करोड, सवारी साधान (निजी) बीमावापत् ३७ करोड ४५ लाख, सवारी साधान बीमा (सार्वजनिक) २३ करोड १४ लाख, पशुपन्छी बीमावापत् १ करोड ७० लाख, सामुद्रिक बीमावापत् १ करोड ४८ लाख, कृषि बालीबीमावापत् १ करोड १९ लाख र विविध ६५ लाख ५२ हजार दाबी गरेका छन् । ३ हजार ५२९ जनाले दाबी गरेकोमा १ हजार २१५ बीमकलाई बीमावापत्को रकम भुक्तानी गरिएको छ । प्राधिकरण्का अनुसार १ हजार २१५ जनालाई ७८ करोड ९३ लाख ८ हजार भुक्तानी गरिएको हो ।

सिद्धार्थ प्रिमियर, दि.ओरिएन्टल, सगरमाथ, शिखर इन्स्योरेन्स लगायतका निर्जीवन बीमा कम्पनीहरुले उक्त रकम भुक्तानी गरेका हुन् । सर्वासधारणले आफना विभिन्न सम्पत्तिको क्षति भएमा रकम फिर्ता पाउने आशामा बीमा गरे पनि निर्जीवन बीमा कम्पनीहरुले भने न्यून मात्र भुक्तानी गरेको पाइएको छ , जसले गर्दा बीमा प्रति सर्वसाधारणहरुको अभिरुचि बढ्न नसकेको जानकारहरु बताउछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार