आजको मौसम सफा रहने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

कोशी प्रदेश,बाग्मती प्रदेश,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।तराएका थोरै स्थानहरुमा हल्का हुस्सु लागेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी  प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पुर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा  उल्लेख गरेको छ ।

रातीː कोशी प्रदेश, गण्डकी र लुम्बिनि  प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले प्रक्षेपण गरेको छ  ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले पर्यटन तथा पर्वतारोहणमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन  अनुरोध गरेको छ  ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार