विद्युतीय कारोबारमा सजगता अपनाउन नेपाल राष्ट्र बैङ्ककको अनुरोध

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिधुतिय माध्यमबाट बित्तिय कारोबार गर्दा सजगता अपनाउन अनुरोध गरेको छ । राष्ट्र बैङ्के ज एक सुचना चारी गर्दै  कारोबारबाट आफ्नो मोबाइल बैंकिङ एप, डिजिटल वालेट जस्ता विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा सावधानी अपनाउनुपर्दछ  भनेको छ ।

विद्युतीय कारोबारको गति द्रुत हुने र कारोबारको जालो जटिल हुने भएकाले रकम ट्रान्सफर भइसकेपछि वित्तीय ठगहरूबाट रकम फिर्ता गर्ने कार्य पनि जटिल हुनसक्छ सुचनामा उल्लेख छ  ।

त्यसैले विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्दा हतार नगरी रकम प्राप्त गर्ने व्यक्तिको नाम, खाता नम्बर, ट्रान्सफर गर्नुपर्ने रकमलगायत सबै विवरण त्रुटिरहित भएको यकिन गर्नुपर्दछ । खासगरी रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर प्रयोग गरी रकम ट्रान्सफर गर्दा त्रुटि हुने घटना बढी देखिएकोले रकम प्रापकको नाम तथा मोबाइल नम्बर ठीक रहे/नरहेको यकिन गर्नुपर्छ ।

साथै, विद्युतीय कारोबारमा सुरक्षा अपनाउन बलियो पासवर्ड प्रयोग गर्ने, कारोबार गर्दा प्रयोग हुने पासवर्ड, पिन कोड, ओ.टी.पी., टोकन नम्बर जस्ता संवेदनशील वित्तीय जानकारी अरु कसैलाई पनि नदिने तथा ठूलो वित्तीय नोक्सानीबाट बच्न मोबाइल बैंकिङ, डिजिटल वालेट आदिबाट हुने कारोबारमा सीमा तोक्ने बानी बसालौं नेपाल राष्ट्र बैङ्कले भनेको छ  ।

विद्युतीय रुपमा भुक्तानीको सरल सुविधा उपभोग गर्दै यस्तो कारोबार गर्दा सुरक्षित र सचेत रहौं ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार