नेशनल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले नेशनल लघुवित्त वित्तीय संस्था कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले बुक क्लोज गरे पश्चात  नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले नेशनल लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर पश्चात समायोजन गरेको हो समायोजनपश्चात नेशनल लघुवित्तको शेयरमूल्य १ हजार ३५५ रुपैयाँ र ङादीको २८९ रुपैयाँ कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार दोस्रो बजारमा नेशनलको शेयर प्रतिकित्ता १ हजार ५४९ रुपैयाँ रहेको थियो ।

कारोवारको दिनमा  समायोजन पछिको  मूल्यका आधारमा दोस्रो बजारमा कारोवार हुनेछ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार