काठमाडौं । सहकारी ठगीको आरोपका संसदीय समितिको सिफारिसको आरोपमा गत कार्तिक २ गते पक्राउ परेका रास्वपा सभापति एंव चितवन निर्वाचन क्षेत्र न २ का ससंद रबि लामिछानेलाई सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन सम्बन्धमा बयान लिन चितवन चितवन पुर्याइएको छ ।
साहारा चितवन बहुद्देश्यीय सहकारी संस्थाका पीडित बचतकर्ताहरूले गोरखा मिडियालगायत चितवन साहाराका संस्थापक गितेन्द्रबहादूर (जिबी) राईका विभिन्न कम्पनीहरूमा नियम विपरीत सहकारीको बचत रकम लगानी भएको भन्दै उजुरी दिएका छन् ।
यस अघि लामिछानेलाइ पोखराको सुर्य दर्शन सहकारी, रुपन्देहीको सुप्रिम सहकारी,काठमाण्डौको स्वर्ण लक्ष्मी सहकारीको रकम अपचलनको आरोपमा कास्की रुपन्देही र काठमाण्डौ पुर्याइ वयान लिइसकेको छ ।