काठमाडौं । सुनको मूल्य बढेको छ । मंगलबार छापावाल सुन प्रति तोला एक हजार रुपैयाँ बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख
५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रति तोला
१ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ । चाँदी प्रति तोला १ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । सोमबार चाँदी प्रति तोला १ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।