एशियन हाइड्रोपावरको छैठौं साधारण सभा पुस २ गते हुने

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको छैठौं वार्षिक साधारण सभा पुस २ गते मंगलबार बस्ने भएको छ । छैठौं साधारण सभा मंगलबार दिउँसो १२ः३० बजे द ईन्ट्रान्स क्याफे, चाकुपाट, ललितपुरमा बस्ने भएको हो ।

संस्थाको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको लागि स्थान, समय र सभामा पेश गरिने प्रस्तावहरुको विषयमा टुँगो लगाएको बताइएको छ । सभामा आर्थिक वर्ष ०८०/८१ को संञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र अनुसूची सहितको वित्तीय विवरणहरु उपर छलफल गरी सोलाई पारित गर्ने र कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्षक ०८१/८२ को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गर्ने तयारी रहेको छ ।

संस्थाले बुधबारका लागि कम्पनीको शेयर दाखिल खारेज बन्द हुने बताएको छ । बुधबार भन्दा अघिल्लो दिनसम्म अर्थात् नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर कारोबार भई सोको सात दिन भित्र यस कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार , काठमाडौंमा प्राप्त शेयर नामसारीको लिखत/विवरणको आधारमा शेयर दाखिल खारेज भई शेयरधनी दर्ता किताबमा कायम तथा सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा प्रचलित नियम बमोजिक कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा मतदान गर्न सक्ने व्यवस्था गरेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार