१७ अंकले बढेको शेयर बजारमा २ अर्बले घट्यो कारोबार रकम, ६ कम्पनीको शेयर मूल्यमा सकारत्मक सर्किट

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजारमा नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ ।
मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से १७.८० अंकले बढे २७७५.८५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.५८ अंकले घटेर ४७१.२१ विन्दुमा पुगेर बन्द भएको छ ।

मंगलबार ३०७ वटा कम्पनीको १ करोड ८१ लाख ६० हजार कित्ता शेयर कारोबार हुदाँ ८ अर्ब ५२ करोड १२ लाख १९ हजार करोबार रकम पुगेको छ । जुन सोमबारको तुलनामा २ अर्ब २ करोड ५ लाख २७ हजारले कम हो । सोमबार ३१४ वटा कम्पनीको २ करोड ३० लाख ११ हजार कित्ता शेयर कारोबार हुदाँ १० अर्ब ५४ करोड १७ लाख ४६ हजार करोबार रकम पुगेको थियो ।

मंगलबार बजार पुँजीकरण रकम ४६ खर्ब ४ अर्ब ३ करोड ७ लाख रह्यो । मंगलबार १४२ वटा कम्पनीको शेयर मूल्य बढ्दा ९७ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

मंगलबार ७ वटा समूह परिसूचक बढ्दा ६ वटा समूह परिसूचक घटेको छ । वित्त ४८, जलविद्युत ६६, जीवन बीमा २०८, उत्पादन र प्रशोधन ५, म्युअुचल फण्ड ०.०८ , व्यापार ३०२ र अन्य समूह ५ अंकले बढेको छ । त्यस्तै बैंकिङ ३, विकास बैंक २३, होटल र पर्यटन १२५, लगानी ०.४४, लघुवित्त १७ र निर्जीवन बीमा ६९ अंकले घटेको छ ।

मंगलबार सर्वाधिक कारोबार हुनेमा ङदी समुह, जानकी फाइनान्स, वेष्ट फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र एनआइसी एशिया बैंक रह्यो । ङदी समुहको २६ करोड ७४ लाख, जानकी फाइनान्सको २६ करोड ५१ लाख, वेष्ट फाइनान्सको २४ करोड ६ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २३ करोड ८७ लाख र एनआइसी एशिया बैंकको १७ करोड २५ लाख बराबर करोबार भयो ।

मंगलबार ६ वटा समूहको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा दिव्यश्वरी हाइड्रोपावर,इङवा हाइड्रोपावर,खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलप्मेन्ट कम्पनी,सुपर मार्दी हाइड्रोपावर र लाइफ इन्स्योरेन्स कर्पोरेशनको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार