कुमारी बैंकको  २२,४३,००७ कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । कुमारी बैंक लिमिटेडको संस्थापक समूहको  २२,४३,००७ कित्ता शेयर प्रति शेयर रु.१००/- अंकित दरमा बिक्रिमा रहेको छ । उक्त शेयरहरु खरीद गर्न इच्छुक योग्य जो कोही व्यक्ति, कम्पनी संघ संस्थाहरुले आज देखि २०८१ साल पौष महिना ३ गते भित्र मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर नक्साल, काठमाण्डौमा आइपुग्ने गरी प्रतिकित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो गोप्य शिलवन्दी आवेदन पेश गर्नु पर्नेछ ।

शेयर खरिद गर्न चाहने योग्य जो कोही व्यक्ति, कम्पनी संघ संस्थाहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर नक्साल, काठमाण्डौंवाट रु. १००/- भुक्तानी गरी आवेदन फाराम लिन सक्नेछन्

आवेदकले आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ताको दर रेट अंक र अक्षरमा स्पष्टसंग लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइने कम्पनीले जनाएको छ  । फारम भर्दा केरमेट भएको भए सो ठाउँमा आवेदकले  दस्तखत गर्नु पर्नेछ।

शेयर खरीदको लागि आवेदन गर्दा आवेदकले न्यूनतम १०,००,००० (दश लाख) कित्ता शेयरको लागि आवेदन दिनु सक्नेछन्  । सो भन्दा बढ़ी शेयर खरीद गर्न चाहने आवेदकले १० अंकको गुणाङ्गमा अधिकतम २२,४३,००७ कित्ताको लागि आवेदन दिन सक्नेछन् ।  शेयरको न्यूनतम मुल्य प्रति शेयर रु.१००/- (अक्षरेपी एक सय मात्र) तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनु पर्नेछ ।

बोलपत्रको शिलबन्दी खाम बाहिर कुमारी बैंक लिमिटेडको संस्थापक शेयर खरीब आवेदन” उल्लेख भएको हुनु पर्नेछ। शिलवन्दी आवेदन लाहाछाप गरिएको हुनु पर्ने कम्पनीले जनाएको छ  ।

बोलपत्रवालाले आफूले खरीद गर्न चाहेको शेयरको धरौटी वापत जम्मा मूल्यको शत् प्रतिशत वरावरको रकम मुक्तिनाथ क्यापिटल लिमिटेडको नाममा खिचिएको Good for Payment Cheque संलग्न गरी आवेदन पेश गर्नु पर्नेछ ।

बोलपत्र मार्फत बिक्री हुने संस्थापक समूहको शेयर बाँडफाँट गर्दा पहिलो प्राथमिकता साविकका संस्थापक शेयरधनीले पाउने कम्पनीको भनाइ रहेको छ । साबिकका संस्थापक शेयरधनीले आबेदन गर्दा शेयर नबिकेमा  सबैभन्दा बढी बोलकबोल गर्ने योग्य बोलपत्रदाताले बोलकबोलको मान्यताको आधारमा पाउनेछन्  ।

शेयर खरीद गर्न ईच्छुक बोलपत्रदाताले नेपाल राष्ट्र बैंकबाट संस्थापक शेयरधनीको लागि तोकिएको Fit & Proper Test (अनुसूचि ३) को विवरण, कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचिमा समावेश नभएको प्रमाणित हुने कागजात, आयश्रोत खुल्ने कागजातको प्रतिलिपि, प्यान नं. को प्रमाणपत्रको प्रतिलिपि, पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्र वा कर दाखिला गरेको निस्साको प्रतिलिपि संलग्न गर्नुपर्नेछ । साथै, विद्यमान संस्थापकहरुले आफ्नो आय श्रोतको विवरण वा स्वःघोषणा समेत पेश गर्नुपर्नेछ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार