बिआरआईबाट नेपालले लाभ लिनेछ: प्रधानमन्त्री

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) बाट नेपालले लाभ लिने बताएका छन् ।

चीनको पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बिआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले आगामी सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण आदानप्रदान भइ पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने बताए ।

प्रधानमन्त्री ओलीले पेकिङजस्तो पुरानो विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा पनि योगदान दिन सक्ने बताए । प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयका अध्यक्ष प्रा गोङ छिहुङले स्वागत गरेका थिए । । कार्यक्रममा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका अन्य सदस्यको पनि सहभागिता थियोे ।

प्रधानमन्त्री ओलीले आजै उद्यमी– व्यवसायीहरूको कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

बिआरआई चीनद्वारा अघि सारिएको एक ठूलो अन्तर्राष्ट्रिय विकास रणनीति हो, जसको उद्देश्य विभिन्न देशहरूबीचको व्यापार, पूर्वाधार, र आर्थिक सहकार्यलाई विस्तार गर्नु हो।

यसको सुरुवात २०१३ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले गरेका थिए। यसमा दुई मुख्य भागहरू छन्:

सिल्क रोड इकनोमिक बेल्टस् यो स्थलमार्ग हो, जसले एशिया, युरोप, र अफ्रिकालाई जोड्ने उद्देश्य राख्छ।

म्यारिटाइम सिल्क रोडस् यो समुद्री मार्ग हो, जसले दक्षिणपूर्व एशिया, दक्षिण एशिया, अफ्रिका, र युरोपलाई जोड्छ।

मुख्य उद्देश्यहरूमा

अन्तर्राष्ट्रिय व्यापारलाई प्रवर्द्धन गर्नु।

पूर्वाधार निर्माण (जस्तै रेल, सडक, बन्दरगाह)।

आर्थिक सहकार्य र लगानीको प्रवाह सुधार गर्नु।

तर, यस पहलको आलोचना पनि हुन्छ। धेरै देशहरूले यसलाई चीनको प्रभाव विस्तार गर्ने रणनीति भनेर हेर्ने गरेका छन्। साथै, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देवाउले बिआरआई परियोजनाका लागि कर्जा पनि अनुदान लिनु पर्ने माग राख्दै आएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार