CLI

शेयर बजारका सबै सुचक आरोलो लाग्यो, कारोबार रकमले भने लगानीकर्तालाई हौसला

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजारका अधिकांश सुचक ओरालो लागेको छ । यसदिन कारोबार रकम बढेको छ ।

बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से २४.९७ अंकले घटेर २७५०.८७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.१८ अंकले घटेर ४६९.०३ विन्दुमा पुगेर बन्द भएको छ ।

बुधबार ३२० वटा कम्पनीको २ करोड ३३ लाख २ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ९ अर्ब १३ करोड २४ लाख ६८ हजार पुग्यो । जुन अघिल्लो दिनको तुलनामा ६१ करोड १२ लाख ४९ हजारले बढी हो । मंगलबार ३०७ वटा कम्पनीको १ करोड ८१ लाख ६० हजार कित्ता शेयर कारोबार हुदाँ ८ अर्ब ५२ करोड १२ लाख १९ हजार करोबार रकम पुगेको थियो ।

बुधबार ४५ खर्ब ६२ अर्ब ८७ करोड १८ लाख बजार पुँजीकरण रकम रह्यो , जुन मंगलबारको तुलनामा करिब १ अर्बले कम हो । मंगलबार बजार पुँजीकरण रकम ४६ खर्ब ४ अर्ब ३ करोड ७ लाख रहेको थियो ।

बुधबार १०४ वटा कम्पनीको शेयर मूल्य बढ्दा १३२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

बुधबार ३ वटा समूह परिसूचक बढ्दा १० वटा समूह परिसूचक घटेको छ । जलविद्युत २२, उत्पादन र प्रशोधन १० र लघुवित्त ६ अंकले बढेको छ । भने बैकिङ ५, विकास बैंक ११६, वित्त ४४, होटल र पर्यटन २९, लगानी ०.०२, जीवन बीमा २०८, म्युअुचल फण्ड ०.०७, निर्जीवन बीमा ४४, व्यापार ४६८ र अन्य समूह १५ अंकले घटेको हो ।

बुधबार सर्वाधिक कारोबार हुनेमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, आँखु खोला जलविद्युत कम्पनी,सानिमा माई हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर कम्पनी रह्यो । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३० करोड ३० लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २९ करोड ५६ लाख, आँखु खोला जलविद्युत कम्पनीको २६ करोड ७९ लाख,सानिमा माई हाइड्रोपावरको १८ करोड ७६ लाख र रसुवागढी हाइड्रोपावर कम्पनीको १७ करोड ९२ लाख बराबरको कारोबार भयो ।

Leave Your Comment

Related News