नेपाल टेलिकमको एमपोसमार्फत रिचार्जमा बोनस

काठमाडौं । नेपाल टेलिकमले मोबाइल प्वाइन्ट अफ सेल (एमपोस) मार्फत रिचार्जमा बोनस उपलब्ध गराएको छ  । नेपाल टेलिकमले एमपोस मार्फत ५० रुपैयाँ भन्दा बढीको ब्यालेन्स रिचार्ज बोनस उपलब्ध गराइरहेको हो ।

यस अफर मंसिर १८ गतेदेखि आगामी पुस १७ गतेसम्मका लागि एमपोस रिचार्जमा उपलब्ध हुनेछ । ग्राहकले ५० देखि ९९ रुपैयाँसम्म रिचार्ज गर्दा तीन दिनका लागि २० मिनेट अननेट भ्वाइस, १०० देखि १९९ रुपैयाँसम्म रिचार्ज गर्दा पाँच दिनका लागि ५० मिनेट अननेट भ्वाइस, २०० देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनका लागि २ जीबी डाटा (प्रत्येक दिन एक जीबी) र ५०० रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा चार दिनका लागि ८ जीबी डाटा (प्रत्येक दिन दुई जीबी) बोनस प्राप्त गर्नेछन् ।

नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गर्नका लागि रिचार्ज कार्डको अतिरिक्त अन्य विभिन्न वैकल्पिक उपायहरु अपनाउन सकिन्छ । यसका लागि विभिन्न दरका रिचार्ज कार्डका साथै एमपोस, डिजिटल वालेटहरु विकल्पको रुपमा रहेका छन् ।

ग्राहकवर्गले सहजरुपमा कम्पनीका सेवाहरु मार्फत परिवारजन तथा मित्रवर्गसँग सञ्चार सम्पर्कमा रहिरहन सहज होस् भन्ने उद्देश्यले विभिन्न विद्युतीय माध्यमबाट टपअप गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ ।

यसका साथै सहज तवरले अविछिन्न रुपमा सञ्चार सेवा उपभोग गर्न ब्यालेन्स सकिएको अवस्थामा समेत प्रिपेड मोबाइल प्रयोगकर्ताहरुको लागि नमस्ते सापटीको सुबिधा कम्पनीले उपलब्ध गराएको छ ।प्रिपेड मोबाइल प्रयोगकर्ताहले Start टाइप गरी १४७७ मा सन्देश पठाएर अथवा *1477# डायल गरी 1 छनौट गरेर सापटी लिन सक्नेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार