एनपीएल: लुम्बिनीले विराटनगरसँग ठूलो योगफल जोगाउन सकेन

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किग्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । केहीबेर अघि सम्पन्न खेलमा विराटनगरले लुम्बिनीलाई दुई विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाएर १९१ रन बनायो । जारी एनपीएलको यो हालसम्मको उच्चत योगफल थियो । तर १९२ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा विकेट गुमाएर पूरा गर्यो ।

विराटनगरको जितमा ओपनर लोकेश बमले ७१ रनको पारी खेले । खेलको म्यान अफ द म्याच बमले ४७ बलमा ६ छक्का र तीन चौका प्रहार गरे । विराटनगरका लागि मार्टिन गुप्तिलले १७ बलमा २८ र बसिर अहमदले २३ बलमा ४० रनको आक्रमक पारी खेले । आठ विकेट गुमे पछि ब्याटिङमा आएका स्कटल्याण्डका बलर क्रिस सोलले ४ बलमा १४ रन प्रहार गरे । जितका लागि विराटनगरलाई अन्तिम ओभरमा १५ रनको आवश्यकता थियो । एनपीएलको तीन खेलमा यो विराटनगरको पहिलो जित हो ।

लुम्बिनीका लागि दुर्गेशले ३ तथा साद विन जाफर र रामोन सिमन्सले समान २ तथा विवेक यादवले १ विकेट लिए ।

लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । विराटनगरका लागि इस्मात आलम, कप्तान सन्दीप र राजेश पुलामी मगरले समान १ विकेट लिए । विराटनगरले लुम्बिनीका ४ खेलाडीलाई रन आउट गरेको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार