प्रधानमन्त्री ओली चीन भ्रमण सम्पन्न गरी आज स्वदेश  फर्कदै

काठमाडौं । प्रधानमन्त्री ओली चीनको चारदिने भ्रमण सम्पन्न गरी आज स्वदेश  फर्कदै छन्  ।
ओलीलाई स्वदेस फिर्ताको लागि  चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गरेका छन्  ।
उनी नेपाली समय अनुसार दिउँसो २.३० बजे काठमाडौं पुग्ने उनको सचिवालयले जनाएको छ ।

प्रधामन्त्री ओलीले चीन  भ्रमणको क्रममा  चिनियाँ अवधारणा ‘बेल्ट एन्ड रोड इनिशटिभ’ (बीआरआई) कोअपरेशन फ्रेमवर्क’मा नेपाल र चीनका बीचमा हस्ताक्षर भएको छ ।  भ्रमणका क्रममा ९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान, भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर, विकास योजनासम्बन्धी समझदारी, आर्थिक तथा प्राविधिक सहयोग, नगद सहयोग, स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी र नेपाल टेलिभिजन तथा चाइना मिडिया ग्रुप (सीएमजी) बीच सञ्चार प्रविधिबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

चीन सरकारले  नेपाललाई ५ सय मिलियन आरएमबी (करिब ९ अर्ब रुपैयाँ) सहयोग दिने पनि समझदारी भएको छ  ।  उनी चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा  गएका थिए ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार