काठमाडौं । ह्याविटयाट पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसको लागि पुस ११ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ ।
आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने र त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
कम्पनीको चुक्तापूँजी भन्दा बढी कर्जा लिने सम्बन्धमा पनि सभाले आवश्यक निर्णय गर्ने जनाएको छ ।