छिमेक लघुवित्तद्वारा १५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को लागि कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर समेत ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ९७ करोड ७१ लाख ७२ हजार रुपैयाँ छ ।

सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाबाट पारित गरेपछि वितरण हुनेछ । गत वर्ष पनि कम्पनीले कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्ष कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार