चार महिनामा ३६ हजार बीमा त्याग

काठमाडौं । चालु आर्थिक वर्ष २०८१\०८२ को ४ महिनामा ३५ हजार ९८५ जना बीमितले बीमा त्याग गरेका छन् । चालु आवको कार्तिक मसान्तसम्म ३५ हजार ९८५ जना बीमितले ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बढीको बीमा त्याग गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

नेपाम बीमा प्राधिकरणका अनुसार बीमा त्यागबाट सबैभन्दा धेरै रकम लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी)बाट बाहिरिएको छ । सो कम्पनीबाट १० हजार ४८ जना बीमितले १ अर्ब ५७ करोड ६६ लाख रुपैयाँ बढीको बीमा त्याग गरेका हुन् ।  यस्तै, नेपाल लाइफ इन्स्योरेन्सबाट १ अर्ब ३७ करोड ४० लाख रुपैयाँ बढीको बीमा त्याग भएको छ । नेपाल लाइफका ८ हजार ४०८ जना बीमितले पोलिसि त्याग गरेका हुन् ।

यसैगरी, राष्ट्रिय जीवन बीमा कम्पनीबाट ३ हजार ८७५ जना बीमितले त्याग गर्दा ३७ करोड ४१ लाख, नेशनल लइफबाट १ हजार ९७९ जना बीमितले त्याग गर्दा २९ करोड ३१ लाख, एशियन लाइफका २ हजार ६२३ जना बीमितले त्याग गर्दा २७ करोड ९६ लाख, सूर्यज्योति लाइफका १ हजार ९१० जना बीमितले त्याग गर्दा २३ करोड ११ लाख र हिमालयन लाइफका २ हजार ४९८ जना बीमितले त्याग गर्दा २२ करोड रुपैयाँ बीमा कम्पनीबाट बाहिरिएको छ ।

मेट लाइफका १ हजार २४५ जना बीमितले बीमा त्याग गर्दा १३ करोड रुपैयाँ बाहिरिएको छ ।

कुन कम्पनी मार्फत कति भयो सलेण्डर

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार