हेटौँडामा चार महिनामा साढे नौ करोडको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

काठमाडौं । हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि कात्तिकसम्म चार महिनामा रु नौ करोड ५२ लाख बराबरको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रु दुई करोड ४० लाखले बढी हो।

कार्यालय प्रमुख राजीव खनालका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा रु सात करोड १२ लाख मूल्य बराबरको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको थियो। यस वर्षको बिक्री वृद्धिले आयोजनाका लागि सकारात्मक संकेत देखिए पनि उत्पादन बढी हुँदा भण्डारणमा समस्या उत्पन्न भएको खनालले बताए।

मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीका किसानबाट दूध खरिद गर्ने आयोजनाले बजारमा मागअनुसारको बिक्री नहुँदा किसानलाई चार महिनादेखि दूधको भुक्तानी दिन नसकेको छ। उत्पादन र मागबीचको असन्तुलनका कारण यो समस्या झन् जटिल बन्दै गएको आयोजनाले जनाएको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार