कामना सेवा विकास बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत

Garima_Business-Loan3

काठमाडौं । कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ ।

बैंकले असोज ३० गते १८ औं वार्षिक साधारणसभा गरी उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि कुल १२ प्रतिशत लाभाशं पारित गरेको थियो । उक्त ७ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो । सूचिकृत भएको बोनस शेयर शेयरधनी महानुभावहरुको डिम्याट खातामा जम्मा भइसकेको बैंकले जनाएको छ । नगद लाभाशं बापतको रकम साधारण सभाबाट पारित भए लगतै सम्बन्धित बैंक खातामा जम्मा गरिसकिएको बैंकले जनाएको छ । यदि कुनै शेयरधनी महानुभावहरुको डिम्याट खातामा बोनस शेयर जम्मा भएको नदेखिएमा वा कुनै जिज्ञासा भएमा कामना सेवा विकास बैंकको केन्द्रीय कार्यलयमा सम्पर्क गर्न सकिने बताइएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार