सेन्चुरी इनर्जीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने

काठमाडौं । सेन्चुरी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्रिमियम मूल्यसमेत जोडेर आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत् १७५ रुपैयाँ ११ पैसा थप गरी प्रतिकित्ता २७५ रुपैयाँ ११ पैसाका दरले ३ लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो ।

कम्पनीले उक्त मूल्यमा ८ करोड २५ लाख ३३ हजार रुपैयाँ बराबरको आईपीओ विक्री गर्न लागेको हो । यसको लागि कम्पनीले मंसिर १४ गते बोर्डमा निवेदन दिएको हो । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमानै उल्लेखित मूल्यमा आईपीओ जारी गर्ने जानकारी कम्पनीले दिएको छ ।

यो आईपीओ विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले २०८० पुस २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।
यस कम्पनीले सिन्धुपाल्चोक जिल्लामा ९९७ किलोवाट क्षमताको हाडी खोला सुनकोशी ए साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ भदौ १२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार