साताको शेयर : ६ अर्बले कारोबार रकम बढ्दा, १९ अर्बले बजार पुँजीकरण रकम घट्यो

Garima_Business-Loan3

काठमाडौं । साताभर खुलेको शेयर बजारमा यो साता नेप्से परिसुचक घट्दा कारोबार रकम बढेको छ । गत सातामा भने नेप्से परिसूचक बढ्दा कारोबार रकम घटेको थियो । गत साताको तुलनामा यो साता कारोबार रकम ६ अर्ब १ करोड ४३ लाख रुपैयाँले बढेको हो । यो साता साताभर खुलेको शेयर बजारमा कारोबार रकम ४५ अर्ब ३९ करोड ७१ लाख रुपैययाँ रहेको छ । गत साता कारोबार रकम ३९ अर्ब ३८ करोड २८ लाख रुपैयाँ रहेकोे थियो ।

अघिल्लो साताको तुलनामा यो साता नेप्से परिसूचक, सेनसेटिभ इन्डेक्स र बजार पूँजीकरण रकम समेत घटेको छ । अघिल्लो साताको तुलनामा यो साता बजार पूँजीकरण रकम १९ अर्ब ९० करोड रुपैयाँले घटेको हो ।
यो साता बजार पुँजीकरण रकम ४५ खर्ब ३६ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । गत साता भने बजार पुँजीकरण रकम ४५ खर्ब ५६ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै समूह सूचकहरु भने गत साताको तुलनामा ४ वटा समुह सुचक बढ्दा बाँकी ९ वटा समूह सुचक घटेको छ । अघिल्लो साताको तुलनामा यो साता जलविद्युत ३७, लगानी २, जीबन बीमा १८७ र व्यापार ८४५ अंकले बढेको छ । त्यस्तै अघिल्लो साताको तुलनामा यो साता बैकिङ ५३, विकास बैंक ४४, वित्त २७०, होटल र पर्यटन ४४ अंकले घटेको छ । त्यस्तै समिक्षा अवधिमा उत्पादन र प्रशोधन १०२, लघुवित्त १०९, म्युअुचल फण्ड ०.०२, निर्जीवन बीमा ९८ र अन्य समूह ५४ अंकले घटेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार