काठमाडौं । सिद्धार्थ बैंकले चार प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको मंसिर २१ गते शुक्रबार बसेको सञ्चालक समितिको ४३९ औं बैंठकले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भए पश्चात आगामी वार्षिक साधारण सभामाबाट पारित भए पश्चात् शेयरधनीहरुलाई वितरण गरिने छ ।