मिथिला लघुवित्तले नगद लाभांश वितरण गर्ने

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले नगद लाभांश वितरण गर्ने भएको छ । लघुवित्तले चुक्ता शेयर पुँजीको १५ प्रतिशत बोनस शेयर र ०.७१४२ प्रतिशत रकम अर्थात १४ लाख १९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो ।

लघुवित्तको मंसिर २० गते बसेको सञ्चालनक समितिको २६२ औं बैठकले गत आर्थिक वर्ष ०८०८१ को मुनाफाबाट शेयरधनीहरुलाई उक्त नगद लाभांश वितरण गर्न लागिएको हो । लघुवित्तको गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता शेयर पुँजी १९ करोड ६० लाख २ हजार ७५५.५६ पैसाको १५ प्रतिशतले हुने रकम २ करोड ८० लाख ३९३.६५ पैसा बोनश शेयर तथा सो बोनश शेयरको कर प्रयोजनको लागि उक्त चुक्ता पुँजीको ०.७१४२ प्रतिशत रकम नगद लाभांश वितरण गर्न लागेको हो ।

लघुवित्तले नगद लाभांश वितरण गर्न साधारण सभाबाट अनुमोदनका लागि प्रस्ताव गर्न नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाउने निर्णय समेत गरेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार