शौर्य सिमेन्ट इण्डष्ट्रिजको तेस्रो वार्षिक साधारण सभा पुस १२ मा

काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडको तेस्रो वार्षिक साधारण सभा पुस १२ गते गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल काठमाडौंमा बिहान १०ः३० बजे शुरु हुने जनाएको छ ।

कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डसमक्ष २०८० पुस १२ गते आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता २६४.५१ रुपैयाँ प्रिमियम मूल्यमा स्थानिय वासिन्दा र आम सर्वसाधारणका लागि आईपीओ निष्कासनको माग गरेको छ ।

कम्पनीले ४ अर्ब २२ करोड ७२ लाख ६६ हजार रुपैयाँबराबरको १ करोड ५९ लाख ८१ हजार ५ सय कित्ताका लागि अनुमति माग गरेको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्मेन्ट एण्ड बैंकिङ रहेको छ ।

सभाले आर्थिक वर्ष ०८०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले बैंक ऋण र चन्दा उपहार अनुमोदन गर्ने र सञ्चालक समितिका निर्णयहरु अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार