निर्माण सामग्रीमा अनावश्यक मूल्यवृद्धि: निर्माण उद्योग थप दबाबमा

काठमाडौं । निर्माण व्यवसायीले आर्थिक अवस्था, व्यापार र बजारमा एकोहोरो समान्ता भइरहेको समयमा उद्योगीले सिमेन्ट, छड लगायतका निर्माण सामग्रीको मुल्य कसरी बढ्यो ? भन्दै प्रश्न अघि सारेका छन् । मुलुकको हरेक क्षेत्र सहज तरिकाले चलिरहँदाँ अनावश्यक रुपमा सिमेन्ट, छड निर्माण सामग्रीको मूल्य बिनाकारण वृद्धि गर्न नहुने बताएका छन् ।

निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालका अनुसार सिमेन्टलगायतका निर्माण सामग्री उत्पादनसँग सम्बन्धित इन्धनसहित कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा ‘कार्टेलिङ’ गरी सिमेन्टमा मूल्यवृद्धि गरिएको छ । उनले निर्माणकार्य सिजनमा सीमित सिमेन्ट उद्योगीहरुले मूल्यवृद्धि गरेसँगै कार्टेलिङ गरी उत्पादनमा समेत कटौती गरेको बताएका छन् । उद्योगीले सिमेन्ट र छडको मूल्यवृद्धि गर्दा निर्माण सिजन सुरु भएको समयमा निर्माण व्यवसायी थप मारमा पर्ने निश्चित रहेको छ । एकातर्फ भुक्तानी अभावलगयात कारण अत्यन्त सकसमा रहेको निर्माण उद्योग थप मारमा निश्चित रहेको महासंघका अधिकारी निर्मल अर्यालले बताए ।

महासंघले एक महिनामै पटक–पटक गरी सिमेन्टमा प्रतिबोरा एक सय रुपैयाँभन्दा बढी मूल्यवृद्धि गरेको बताएको छ । खुला अर्थतन्त्रको नीतिविपरीत सिमेन्टमा गरिएको यस किसिमको अव्यावहारिक एवं अवैज्ञानिक मूल्यवृद्धि दण्डनीय अपराध भएको महासंघले जनाएको छ । मूल्यवृद्धि खारेज नभए देशैभर निर्माणकार्य ठप्प पार्ने महासंघले चेतावनी दिएको छ ।

दशैँअघि ओपीसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) को मूल्य प्रतिबोरा ६ सय रुपैयाँदेखि ६ सय २५ रुपैयाँ र पीपीसी (पोर्टल्यान्ड पोज्जोलाना सिमेन्ट) को ५ सय रुपैयाँदेखि ५ सय २५ रुपैयाँ थियो । प्रतिबोरा ओपीसी ७ सय रुपैयाँदेखि ७ सय ५० रुपैयाँ र पीपीसी ६ सय रुपैयाँदेखि ६ सय ५० रुपैयाँ पुगेको छ । निर्माण व्यवसायीहरुले निर्माण कार्यको लागि ओपीसी र पीपीसी गरी दुई प्रकारका सिमेन्ट प्रयोग गर्छन् । निर्माण कार्यमा तत्काल काम अघि बढाउन अर्थात् छिटो सुक्नेका लागि ओपीसी र लामो समयसम्म राख्नको लागि पीपीसी प्रयोग गरिन्छ ।

छडमा प्रतिकिलो १५ रुपैयाँले वृद्धि गरिएको निर्माण व्यवसायीको भनाइ रहेको छ । दुई साताअघि ९६र९७ रुपैयाँ प्रतिकिलो रहेको छडको भाउ हाल १ सय १० रुपैयाँ पुराइएको छ । इँटा, गिटी र बालुवाको भाउ भने स्थिर रहेको छ । हाल इँटा प्रतिगोटा १६र१७ रुपैयाँ र गिटी र बालुवाकोे प्रतिटिपर २६र२७ हजार रुपैयाँ छ ।

हिउँद याममा सरकारले पुँजीगत खर्च गर्न थाल्छ । व्यक्तिहरुले निजी घर तथा स–साना भवन निर्माण कार्य गर्छन् । सोहि मौका छोपेर उद्योगीहरुले निर्माणजन्य सामग्रीमा मूल्यवृद्धि गरेका छन् । उद्योगीरूले घाटा पूर्ति गर्न सिमेन्टको मूल्य समायोजन गर्न खोजिएको उनीहरुको भनाइ छ । पहिलो सिमेन्टको मूल्य प्रतिबोरा एक हजार रुपैयाँसम्म रहेकोमा माग नभएसँगै मूल्य घट्दै आएको उद्योगीहरुको भनाइ छ । सिमेन्टमा मूल्यवृद्धि हुँदा पनि उद्योगीहरु घाटामा रहेको नेपाल सिमेन्ट उत्पादन संघका अधिकारी बताउँछन् ।

के गर्दैछ सरकार ?

उद्योगीले सिमेन्ट, छडसहितका निर्माण सामग्रीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योगी तथा व्यवसायी र निर्माण व्यसायीलाई छलफलमा बोलाएको छ ।
विभागका अधिकारीहरुले दुवै पक्षसँग सोमबार बिहान ११ बजे छलफल गर्ने भएका छन् । निर्माण सिजनमा निर्माण कार्य अघि बढाउनु आवश्यक हुन्छ त्यसैले गर्दा दुवै पक्षलाई लिएर समस्या समाधान गर्ने तायरीमा रहेको विभागका सूचना अधिकारी डिक बहादुर कार्कीले जानकारी दिए । समस्याको समाधान गरी छलफल अघि बढाउन दुवै पक्षलाई बोलाएका छौं समाधान निकाल्ने प्रयासमा विभाग लागेको बताइएको छ ।
उद्योगी र निर्माण व्यवसायी दुवै पक्षबीच समस्या देखिएको छ दुवै पक्षलाई सुनवाई हुने अघि बढ्ने विभागको तयारी रहेको बताइएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार