इसेवाको ७५३ स्थानियतहमा एजेन्ट नेटवर्क बिस्तार

काठमाडौं । इसेवाले सेवा विस्तारको क्रममा अहिले नेपालको ७७ जिल्लाको ७५३ वटै स्थानिय निकायहरुमा आफ्नो एजेन्ट नेटवर्क पुर्याएको जनाएको छ   ।

कम्पनीले प्रत्येक नेपालीको हात-हातमा पुगिसकेकाए जनाउदै इसेवा एउटा व्यक्तिलाई दैनिक जीवनमा आवश्यक पर्ने सबै प्रकारका सेवाहरुको भुक्तानी गर्ने माध्यम बन्नुका साथै इसेवा यात्रा तथा पर्यटकीय क्षेत्रमा पनि दिन प्रतिदिन अझै परिचित नाम बन्दै गइरेहेको कम्पनीको दावी रहेको छ ।

बस, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट देखि केबलकार सम्मको टिकट खरिद गर्न सकिने इसेवाले यात्रुहरुको सहजतासँगै पर्यटकीय विकाशमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको जनाएको छ । प्रयोगकर्ताहरुको आवश्यकता अनुसारका सेवा सुविधाहरु विस्तार गरेर जीवन सहज बनाउने क्रममा इसेवा थुप्रै नवीनतम सेवाहरु प्रदान गर्न सधैं तत्पर रहेको छ र यसै क्रममा इसेवाले प्रदान गर्ने एउटा महत्वपूर्ण सेवा हो इसेवा होटल्स ।

इसेवा होटल्स एउटा यस्तो डिजिटल सेवा हो जसको माध्यमबाट प्रयोगकर्ताहरुले सजिलै होटल बुक गर्न सक्छन् । नेपालको ५४+ जिल्लाहरुका प्रमुख शहरहरुमा अवस्थित साना, मझौला तथा ठूला होटलहरु एकै ठाँउबाट सजिलै बुक गर्न सकिने इसेवा होटल्स हालको समयमा होटल बुकिंगको लागि एकदम लोकप्रिय बन्दै गएको छ । सहरी क्षेत्रमा रहेका तारे होटलहरु देखि लिएर ग्रामिण भेगमा अवस्थित होम स्टेसम्म बुक गर्न सकिने इसेवा होटल्समा करिव ३५०० भन्दा बढी होटलहरु रहेका छन् जुन प्रयोगकर्ताहरुले इसेवा एप वा इसेवा होटल्सको वेभसाइटबाट बिना झन्झट छिनभरमा बुक गर्न सक्छन् । ग्राहकहरुको सहजता र परिस्थितिलाई ध्यानमा राख्दै इसेवा होटल्समा बिना अग्रिम भुक्तानी कुनै पनि शहरमा अवस्थित जुनसुकै होटल बुक गर्न सकिने र आवश्यकता अनुसार बुकिंग रद्द गर्न सकिने समेत व्यवस्था रहेको कम्पनीले उल्लेख गरेको छ  ।

ग्रामीण क्षेत्रमा अवस्थित होमस्टेहरुलाई पनि समावेशीकरण गर्न तथा आर्थिक रुपमा सशक्त बनाउन इसेवा होटल्सले युएसआईडी ट्रेड एण्ड कम्पेटेटिभनेसँग विभिन्न सहकार्य गर्दै आइरहेको छ । यस सहकार्यले साना तथा मझौला होटल वा होमस्टेहरुलाई प्राविधिक सहयोगका साथै व्यावसाय संचालनमा पनि थप उत्साह प्रदान गरेको छ । युएसआईडी ट्रेड एण्ड कम्पेटेटिभनेस को सहयोगमा इसेवा होटल्सले ग्रामिण भेगमा रहेका होटल तथा होमस्टेहरु मार्फत दिगो पर्यटनको विकाश हुनका साथै समग्रमा पर्यटन व्यवसायलाई नै बढुवा दिदै आइरहेको छ र आगमि दिनहरुमा पनि यस परियोजनाले पर्यटन, आर्थिक समावेशीकरण र साना तथा मझौला व्यावसायलाई थप प्रोत्साहन गर्नेछ  ।

इसेवा होटल्सको माध्यमबाट इसेवाले प्रयोगकर्ताहरुको सहजता र पर्यटकीय विकाशको साथसाथै साना तथा मझौला होटल व्यावसायीको आर्थिक उन्नतिमा समेत योगदान पुर्याउदै आइरेको छ । साना तथा मझौला होटल व्यावसायीको हकमा इसेवा होटल्ससँगको साझेदारी देशको बद्लिदो डिजिटल रुपान्तरणमा समावेश भएको महसुस र व्यावसायिक वृद्धिको एउटा बलियो आधार बनेको छ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार