गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा ८.३४ गुणा बढी आवेदन

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा माग भन्दा बढी आवेदन परेको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीका लागि विक्री खुला गरेको आईपीओमा १८ करोड ५५ लाख ९८ हजार रुपैयाँ बरावरको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार बिहान १०ः०६ बजेसम्म ३३ हजार ८०२ जनाले १८ लाख ५५ हजार ९८० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा ८.२४ गुणा बढी आवेदन हो ।

कम्पनीले मंसिर १९ गतेदेखि २ लाख २५ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई विक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । यो आइपीओमा कुमारी क्यापिटल विक्री प्रबन्धक रहेको छ ।

रेटिङ एजेन्सी केयर नेपालले कम्पनीको आईपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यस आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार