शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले साधारण सभामा ८ प्रतिशतको लाभांश प्रस्ताव लैजादै

Garima_Business-Loan3

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आफनो १६ औं वार्षिक साधारण सभा पुस १९ गते गर्ने भएको छ । मंसिर २३ गते बसेको सञ्चालक समितिको ३०२ औं बैठकको निर्णय बमोजिम बैंकले पुस १९ गते बिहान ११ बजे ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल, मणिग्राम रुपन्देहीमा गर्न लागेको हो ।

बैंकले साधारण सभामार्फत् सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्न लागेको छ । बैंकको वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतले हुने रकम २३ करोड ६६ लाख ८४ हजार ५४८ बराबरको नगद लाभांश र चुक्ता पूँजीको ३ प्रतिशतले हुने आउने रकम १४ करोड २० लाख १० हजार ७२९ बराबरको बोनश शेयर वितरण गर्न लागेको हो ।

सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । संस्थापक तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी तीन जना र सर्वसाधारणतर्फबाट तीन जना सञ्चालक निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ ।

साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने संकेत गरेको कम्पनीले त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभामार्फत गराउनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस ३ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस २ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् भने लाभांश पनि प्राप्त गर्नेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार