काठमाडौं । निरन्तर ओरोलो लागेको शेयर बजार सोमबार पनि घटेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १२.८४ अंकले घटेर २६७६.१५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.३६ अंकले घटेर ४५५.६७ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.८३ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.५२ अंकले घटेको छ ।
सोमबार ३१७ वटा कम्पनीको १ करोड १५ लाख २३ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार रह्यो । जुन आइतबारको तुलनामा १ अर्ब ८३ करोड ३ लाख ५९ हजारले कम हो । आइतबार ३२१ वटा कम्पनीको १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ७ अर्ब ४६ करोड ३ लाख ४ हजार रहेको थियो ।
सोमबार बजार पुँजीकरण रकम ४४ खर्ब ३८ अर्ब ९३ करोड ४१ लाख रह्यो । जुन आइतबारको तुलनामा २१ अर्ब ३० करोड ८० लाखले कम हो । आइतबार बजार पुँजीकरण रकम ४४ खर्ब ६० अर्ब २४ करोड २१ लाख रहेको थियो ।
सोमबार ९२ वटा कम्पनीको शेयर मूल्य बढ्दा १३८ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १३ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
सोमबार ५ वटा समूह बढ्दा बाँकी ८ वटा समूहहरु घटेका छन् ।वित्त ५, लगानी ०.७८, उत्पादन र प्रशोधन ७२, म्युअुचल फण्ड ०.०३ र अन्य समूह २ अंकले बढेको छ । त्यस्तै बैकिङ ७, विकास बैंक ३९, होटल र पर्यटन ५६, जलविद्युत १९, जीवन बीमा २२३, लघुवित्त ३०, निर्जीवन बीमा १५१ र व्यापार ६५ अंकले घटेको छ ।
सोमबार सर्वाधिक कमाउनेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, हिमालयन डिष्ट्रलरी, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी,जानकी फाइनान्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड रह्यो । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३५ करोड २७ लाख, हिमालयन डिष्ट्रलरीको २७ करोड ९१ लाख, जोशी हाइड्रोपावरको डेभलपमेन्ट कम्पनीको १२ करोड ४६ लाख, जानकी फाइनान्सको ११ करोड १७ लाख र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको १० करोड ३५ लाख बराबरको कारोबार भयो ।
शेयर बजार पछिल्लो चार दिनयता निरन्तर घटेको छ ।