बीमा प्राधिकरणका अध्यक्ष सुर्य सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर (पूर्ण विवरण सहित)

काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सुर्य सिलवालविरुद्ध भ्रष्टाचारमुद्दा दायर भएको छ।

उनीविरुद्ध भ्रष्टाचार नियन्त्रण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । योसँगै सिलवाल निलम्वनमा परेका छन् ।

सिलवालले नपाएको ओहदा पाएँ भन्ने झुट्टा विवरण दिई भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको हो । उनीविरुद्ध ३६ लाख ६२ हजार १५४ रूपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर भएको हो ।

अख्तियारले सिलवालमाथि सरकारी पदको दुरुपयोग गरेको आरोप समेत लगाएको छ । अख्यितारका अनुसार प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनु पर्नेमा सम्वत् २०८० साल साउन १६ गतेवाट ६६ औं वर्षमा प्रवेश गर्दासमेत पदमा वहाल नै रही पछिल्लो ९ महिना देखि राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गर्दै आएका छन् ।

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार