सिमेन्ट उत्पादकसँग वाणिज्यले माग्यो मूल्यसूची

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्ट उत्पादकसँग मूल्यसूची मागेको छ ।

आइतबार निर्माण व्यवसायी र सिमेन्ट उत्पादकसँग गरेको छलफलपछि मूल्यसूची मागिएको विभागका महानिर्देशक राजन पौडेलले जानकारी दिए । उनले उद्योगीहरुलाई मूल्य बढ्नुपर्ने आधारसहित सात दिनभित्र मूल्यसूची बुझाउन निर्देशन दिएका छन् ।

निर्माण व्यवसायीले निर्माण सिजनमा सिमेन्टको मूल्य १ सय देखि १ सय ५० भन्दा बढी वृद्धि गरे सँगै आपत्ति जनाएका हुन् । त्यस्तै उनीहरुले छडको समेत मूल्य वृद्धि गरेका छन् । सिमेन्टलगायतका निर्माण सामग्री उत्पादनसँग सम्बन्धित इन्धनसहित कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा ‘कार्टेलिङ’ गरी सिमेन्टमा मूल्यवृद्धि गरिएको उनीहरुको भनाई छ । निर्माणकार्य सिजनमा सीमित सिमेन्ट उद्योगीहरुले मूल्यवृद्धि गरेसँगै कार्टेलिङ गरी उत्पादनमा समेत कटौती गरेको आरोप उद्योगी माथि लगाइउको छ ।

सिमेन्ट उत्पादक व्यवसायीले सरकारी सिमेन्ट उद्योग उदयपुर सिमेन्ट र हेटौंडा सिमेन्टको तुलनामा निजी उत्पादकले बढाएको सिमेन्टको मूल्य कम भएको जानकारी विभागमा गराएका थिए ।निर्माण व्यवसायीले भने निर्माणको सिजनमै सिमेन्टको मूल्य प्रतिबोरा २ सय रुपैयाँसम्म बढेको र त्यसमा पनि ‘कार्टेलिङ’ भएको भन्दै उद्योग मन्त्रालय र विभागमा निवेदन दिएका थिए । त्यसपछि विभागले उनीहरूलाई छलफलमा बोलाएको हो ।निर्माण सिजनमा निर्माण कार्य अघि बढाउनु आवश्यक हुन्छ त्यसैले गर्दा दुवै पक्षलाई लिएर समस्या समाधान गर्ने तायरीमा रहेको विभागका सूचना अधिकारी डिक बहादुर कार्कीले बताए ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार