काठमाडौं । सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुन प्रति तोला २ हजार १०० रुपैयाँले महँगो भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रति तोला १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ । चाँदी प्रति तोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । सोमबार चाँदी प्रति तोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।