काठमाडौं । सेन्चुरी इनर्जी लिमिटेडले लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको छ । कम्पनीले सभा हुने स्थान र समय भने सूचनामा उल्लेख गरेको छैन । सभामा कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ८.५ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव पेश गर्नेछ ।
त्यस्तै आर्थिक वर्ष ०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष ०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
साथै सेन्चुरी इनर्जीले प्रतिकित्ता २७५ रुपैयाँ ११ पैसामा ३ लाख कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
यसले प्रिमियममा आईपीओ बिक्रीका लागि स्वीकृति मागेको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले ८ करोड २५ लाख ३३ हजार रुपैयाँ बराबरको शेयर बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइएमबि एस क्यापिटलले गर्नेछ ।