नेशनल लघुवित्तको साधारणसभाद्धारा १५ प्रतिशत लाभांश पारित

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको राष्ट्रिय स्तरको नेशनल लघुवित्तको एघारौं वार्षिक साधारणसभा बनेपास्थित अरनिको पार्टी प्यालेसमा मंसिर २४ गते सोमबार सम्पन्न भएको हो ।

सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारण सभाले  आर्थिक वर्ष  २०८०/८१ को नाफाबाट सेयरधनीलाई कर प्रयोजन सहित १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह सहितको वित्तीय विवरणहरू पारित गरेको छ ।

लघुवित्तले २०८१ असोज सम्ममा देशका सात वटै प्रदेशका ७४ जिल्लामा १८४ वटा शाखा कार्यालय मार्फत २ लाख ३३ हजार विपन्न परिवार मध्ये १ लाख १२ हजार ऋणीहरूलाई २२ अर्ब कर्जा र करिव ६ अर्ब बचत परिचालन गर्न सफल भएको छ ।

सभाले ७,६५,३७७ कित्ता साधारण सेयर प्रिमियममा सम्बन्धित निकायबाट स्वीकृति लिई सार्वजनिक निष्काशनको माध्यमबाट सेयर जारी गर्नका लागि प्रकृया अगाडि बढाउने निर्णय गरेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार